३१ बैशाख २०८१, सोमबार
नेकपाका सांसदले सोधे : मुख्यमन्त्रीले कतै आईएसको इशारामा मदरसा शिक्षा बोर्ड ल्याएका हैनन् ?
  • काँचुली खबर

धनुषा – मुस्लिम समुदायका बालबालिका पढ्नका लागि प्रदेश २ सरकारले प्रदेशसभामा पेश गरेको मदरसा शिक्षा बोड गठन सम्बन्धी विधेयकप्रति नेकपाका सांसदहरुले आलोचना गरेका छन् ।  सोमबार बसेको प्रदेशसभा बैठकमा नेकपाका प्रदेशसभा सांसद जगत यादवले मुस्लिम शिक्षा बोर्ड गठन गरेर मुख्यमन्त्री राउतले आंतकावाद ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

मदरसाशिक्षा बोर्ड गठन सम्बन्धी विधेयकप्रति छलफलको क्रममा सांसद यादवले कुनै खास धर्म, सम्प्रदायका लागि ल्याइएको शिक्षा आफूलाई मान्य नहुने बताउनुभयो । ‘कुनै खास धर्म सम्प्रदायका लागि पनि शिक्षा ल्याइन्छ र ?’, सांसद यादवले भन्नुभयो, ‘मुख्यमन्त्रीले कतै आतंकवादी संस्था ‘आईएस’को इशारामा मदरसा शिक्षा बोर्ड ल्याएका हैनन् ?’

यस्तै नेकपा प्रदेशसभा सदस्य मन्जु यादवले उक्त बोर्ड गठन गर्नुको आवश्यक्ता किन रहेको भन्दै पश्न गर्नुभयो । ‘आखिरमा यो बोर्ड गठन गनु जरुरी किन ?’, उहाँले भन्नुभयो, ‘मुस्लिम बालबालिकालाई विद्यालय जान के ले छेकेको छ रु सरकारले अहिले पनि महिला तथा बालिकाहरुलाई बुर्का लगाउन बढाबा दिइरहेछ ।’

प्रदेशसभा बैठकमा राजपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशसभा कार्यालय व्यवस्थापनका लागि केन्द्र सरकारले उपलब्ध गराएको पैसाले नपुगेकाले खरिद गरिएकोे र अन्य समान आहिलेसम्म उधारो अवस्थामा रहेकाले संसदीय समिती निर्माण गरी छानबिन गर्न माग गर्नुभयो ।

मुख्यमन्त्रीको तर्फबाट सांदहरुको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मदरसा बोर्ड गठन सम्बन्धी विधेयकमाथि व्यापक छलफलको आवश्यक्ता रहेको भन्दै समिति गठन गरी आवश्यकक्ता अनुसार संशोधन समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  • ३१ आश्विन २०७५, बुधबार १३:०२ प्रकाशित
  • Nabintech