२ जेष्ठ २०८१, बुधबार
आजदेखि राजधानिमा तीन दिन प्रहरीको निःशुल्क बस : रुट हेर्नुहोस्
  • काँचुली खबर

काठमाडौं – दसैंको अवसरमा नेपाल प्रहरीले उपत्यकामा तीन दिन निःशुल्क बस सेवा दिँदै छ। प्रहरीले अष्टमी, नवमी र दशमी गरी तीन दिन सेवा दिन लागेको हो। प्रहरीका बस राजधानीका विभिन्न तीन रुटमा सञ्चालन हुनेछन्।

प्रहरीले तीनै रुटमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क बस सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

निःशुल्क बसको रुट हेर्नुहोस्

रुट १

नागरिक सहताका लागि प्रहरीले सार्वजनिक गरेको निःशुल्क बस सेवा रुट नक्सालबाट सुरु हुन्छ। नक्साल, पुतलीसडक, माइतिघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट रत्नपार्क हुँदै दरबारमार्ग पुगेर चल्छ।

 

 

 

रुट २
नक्सालबाट छुटेको बस मैतिदेवी, गौशाला, कोटेश्वर तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै बालुवाटार फर्किन्छ।

रुट ३
नक्सालबाट छुटेर रातोपुलसम्म पुग्छ। नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, गौशला हुँदै रातोपुल पुग्ने छ।

 

  • ३१ आश्विन २०७५, बुधबार ०८:४३ प्रकाशित
  • Nabintech