३० बैशाख २०८१, आईतवार
जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो हुदैन: थापा
  • काँचुली खबर

नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन । निर्बाचित जनप्रतिनिधिहरुले जनताको मन जित्ने गरि काम गर्न नसके एकता पनि बलियो नहुने धारणा राखे ।नेकपा प्युठानको सोमबार बिजुवारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले भने, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।”
उनले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र नेकपा प्रति जनताको विश्वास बढ्ने पनि बताए । ‘पन्चायती शैलीमा गाउका सरकार चल्नुहुदैन’ युवा नेता थापाले भने’ समय र परिस्थीती फेरियो अब पात्र पनि फेरिनुपर्छ ।,स्थानीय तह देखि केन्द्र सरकारलाई जनताको पक्षमा काम गर्नुपर्नेमा युवा नेता थापाले जोड दिए ” सबै सरकारहरु जनता प्रती जवाफदेही भए मात्र देशलाई समृद्ध बनाउन सकिने युवा नेता थापाले तर्क गरे । सोही प्रसङ्गमा नेता थापाले प्युठानको खेतीयोग्य जमिन मासिदै गएकोमा चिन्ता ब्यक्त गरे । प्युठानको खेतीयोग्य जमिन मासिदा यहाँको स्वाभिमान नै अब केही रहेन। उनले भने।झिमरुक फांटमा प्लटिङ र अव्यस्थित बसोबास रोक्न नसके गम्भीर समस्या हुने भन्दै यस विषयमा स्थानीय सरकार चनाखो हुनुपर्नेमा जोड दिए। जनतालाई सहभागी गराएर संमृध्द प्युठान बनाउन उनले जनप्रतिनिधीलाई सुझाव दिए । स्थानिय सरकारप्रती लक्षित गर्दै युवा नेता थापाले भने “अब समृद्धिको लागी अरुको मुख ताक्ने बेला होइन।” दीर्घकालीन कार्ययोजना बनाएर जबाफदेही सुशासन सहितको जनताले अनुभुती गर्ने गरि काम गरौं उनले भने । त्यस्तै विशेष अतिथि प्रदेश सभा संसद कृष्णध्वज खड्काले निर्वाचन पछि सबै एकै ठाउँमा जुटने मौका मिलेको भन्दै यसलाई शक्तिमा बदले मात्र जनताको काम गर्न सकिने बताए । उनले अब सबैले सुर ताल मिलाएर अगाडि बढे मात्र जनताको काम गर्न सकिने र जस्ले गर्दा देश बिकासमा टेवा पुग्ने धारणा राखे । पार्टी संचालनमा केन्द्र देखि वडा तह सम्म ब्यबस्थापन भै नसकेकोले केही समस्या भएपनी समस्या समाधान हुनेभएकोले सबै कार्यकर्ता ढुक्क भएर देश बिकासमा लाग्नुपर्ने बताए । पुर्ब सासद तथा नेकपाका नेता नारायण प्रसाद अधिकारीले अब पार्टी तथा पार्टी कार्यकर्ता समय अनुसार आफ्नो सोचाइ तरीकालाई परिवर्तन गर्दै मन बचन र कर्मले समाजबाद र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए। संगठनात्मक एकताले मात्रै जनताको लक्षय एवं उदेश्य पूरा नहुने भन्दै दुई पार्टिको एकता भावनात्मक रुपमा समेत चट्टान जस्तो बलियो हुनुपर्ने बताए।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदम बहादुर थापा,प्युठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षापती, स्वर्गद्वारी नगरपालिका नगरप्रमुख नेत्र बहादुर राेकाय ,उपप्रमुख शान्ता अार्चाय,रेडक्रश साेसाइतीका जिल्ला अध्यक्ष गुमानराज पुलामी,नेपाल पत्रकार महासंघका नि.वर्तमान अध्यक्ष गिरू प्रसाद भण्डारी,नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी का अध्यक्ष टिकाराम पाैडेल , राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि धुर्व बहादुर थापा लगायतका वक्ताहरूले शुभ- कामना मन्तव्य राखेका थिए ।
जिल्ला नेता तुल्सीराम शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन नेकपाका जिल्ला सचिव कृष्ण अधिकारी (प्रकाश) ले गरे भने उक्त शुभ- कामना अादान प्रदान कार्यक्रममा नेकपा सम्मबद्ध नेता कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति थियाे ।

  • ३० आश्विन २०७५, मंगलवार २०:४६ प्रकाशित
  • Nabintech