२ जेष्ठ २०८१, बुधबार
चोरीको सामान सहित कोहलपुरबाट ठकुरी पक्राउ
  • काँचुली खबर

कोहलपुर प्रहरीले चोरी गरेको आरोपमा एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँकेको बैजनाथ गाँउपालिका-४ जन्मटोलका प्रेम बहादुर थारुको घरमा चोरी गरेको आरोपमा कोहलपुर नगरपालिका-२ बस्ने धुर्वसिंह ठकुरीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
आईतबार बिहान थारुको घरमा चोरी भएको सुचनाका आधारमा खोजतलास गर्दा दिउँसो १ः३० बजेको समयमा बैजनाथ गाँउपालिका –४ पानीट्याङ्की नजिकैबाट चोरीएका गहना र मोबाईल सहित ठकुरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पक्राउ परेका ठकुरीको साथबाट सुनको तिलहरी, मंगलसुत्र, पायल, ग्यारेन्टीवाला हार र १ थान मोबाईल बरामत गरेको र ठकुरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २८ आश्विन २०७५, आईतवार १८:०७ प्रकाशित
  • Nabintech