१७ बैशाख २०८१, सोमबार
बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ
  • काँचुली खबर

बलात्कारको आरोपमा प्युठानमा एकजना युवा पक्राउ परेका छन । दक्षिणी प्युठानको सरुमारानी गाउपालिका –४ का एक २० बर्षिय युबक पक्राउ परेका हुन् । शनिबार बिहानै उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनलाई स्थानिय ३८ बर्षिया महिला माथी करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
महिलालाई पटकपटक करणी गरेको पीडित महिलाको आफन्त (सासू र देउरानि) ले जानकारी दिएका छन । थाहा पाए लगत्तै आफन्तले स्थानियलाई खबर गरेका थिए । बलात्कारको घटना गाउँ मै मिलापत्र गर्ने प्रयास असफल भएपछी मात्र यो घटना प्रहरी कहाँ पुगेको हो । आरोपित युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुक प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनकारी दिएका छन ।

  • २७ आश्विन २०७५, शनिबार २१:४० प्रकाशित
  • Nabintech