१७ बैशाख २०८१, सोमबार
स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली सभा
  • काँचुली खबर

पुर्ब नेकपा माओवादी केन्द्रका जिल्ला समिति सल्लाहकार स्वर्गीय कृष्ण प्रसाद आचार्य प्रति श्रद्धाञ्जली सभा गरिएको छ । कार्तिक २७ गते १३ औँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऐरावती गाउँपालिकाले उक्त सभाको आयोजना गरेको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रदेश सांसद हरि रिजाल, जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत लगाएत जिल्लाका नेकपा सम्वद्ध क्रियाशिल ब्यक्तिहरु उक्त स्थानमा पुगेका थिए ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रदेश सांसद हरि रिजालले ऐरावती यरियामा कम्युनिष्ट जन्माउन स्वर्गीय कृष्ण प्रसाद आचार्यको योगदान महत्वपूर्ण भएको बताउनुभयो । आचार्यको निधन भएर गएपनि उहाँले लिएका नीति, योजनालाई पार्टीले सही रुपमा कार्यान्वयन गर्ने समेत उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले मृतक आचार्यको प्रेरणबाट आफु यस स्थानमा पुगेको उल्लेख गर्नुभयो । उहाँले देखाएका पाईलामा आफु लाग्ने उहाँले बताउनुभयो ।
शिक्षा , उपदेश संगै राजनीतिको उपदेश सिकाउने व्यक्ति गुमाएको गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो । गत स्थानिय, प्रदेश तथा प्रतिनीध सभामा उहाँको योगदान महत्वूर्ण सहयोग गर्नुभएको थियो । उपाध्यक्ष बस्नेतले भन्नुभयो,‘यस क्षेत्रको पार्टी आन्दोलन संगै विकास निमार्णका कार्यमा महत्वपूर्ण सहयोग गर्नुहुन्थ्यो । ’
विगत लामो समयसम्म राजनीतिमा क्रियाशिल रहेका कृष्ण प्रसाद आचार्यको गत असोज १५ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । आचार्यका ४ भाई छोरा र २ वहिनी छोरी रहेका छन् । उनका ४ भाई छोरा नै राजनिनिमा क्रियाशिल रहेका छन् ।

  • २७ आश्विन २०७५, शनिबार २१:१६ प्रकाशित
  • Nabintech