१७ बैशाख २०८१, सोमबार
गुर्जा हिमालमा हिमपहिरो :- आठ जनाको मृत्यु
  • काँचुली खबर

म्याग्दी– गुर्जा हिमाल आरोहरणमा गएको टोली हिमपहिरोमा परेको छ । पाँचजना कोरियन र चारजना नेपालीसहितको नौ जनाको टोली हिमपहिरोमा परेको हो ।

सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा गएको आरोहण टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानिय सोम छन्त्यालले जानकारी दिए । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ । पोखराबाट गएको टोलीले आठवटा शव देखेको बताइएको छ । हिमाल आरोहणका लागि गएको टोलीलाई एक्कासी हावाहुरीले टेन्टसँगै उडाएको बताइएको छ ।

इन्सपेक्टर लोकबहादुर गुरुङका अनुसार एकजनाको शव भेटिएको छ । शवको पहिचान हुन सकेको छैन । गुर्ज हिमाल चढ्नका लागि आरोहण टोली गुर्ज गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्ज गाउँकै बासिन्दा थिए । हिमपहिरोमा पर्नेमा गुर्जाका २६ वर्षिय नेत्रबहादुर छन्त्याल समेत छन् ।

उनीहरु सम्पर्कमा आउन ढिला गरेपछि स्थानीयहरु खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

  • २७ आश्विन २०७५, शनिबार १२:०२ प्रकाशित
  • Nabintech