१७ बैशाख २०८१, सोमबार
जङ्गल सफारीकालागि गाभर भ्याली जाऔं
  • काँचुली खबर

बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ ।

बाँकेकै पुरानो होम स्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि सफारी गाडी भित्राएका छन । 
पर्यटनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको गाभर भ्यालीेले बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका पर्यटकीय क्षेत्र घुम्म चाहने पर्यटककहरुलाई लक्षित गर्दै गाडी सफारी भित्राएको चौधरीले बताए ।
पाटे बाघको संरक्षणकालागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाधको संख्यामा उल्लेख्य बृद्धि भएको बताउँदै चौधरीले भने, ‘पाटे बाघ हेर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि जङ्गल सफारिको ब्यवस्था मिलाएका छौं ।’ मुलुककै कान्छो निकुञ्जका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा
पाटे बाघका अलावा हात्ती, चौका, हरिण, बँदेल तथा बिभिन्न प्रजातीका पंछीहरुको अवलोकन गर्न सकिने चौधरीले बताए ।
रत्नराजमार्ग अन्तर्गत बाँकेको सुतौयाबाट अगौया कोरिडोरसम्म जङ्गल सफारिकालागि जान चाहने पर्यटकहरुकालागि नेचर गाईडको समेत ब्यवस्था मिलाईएको चौधरीले जानकारी दिए ।

  • २७ आश्विन २०७५, शनिबार ११:४९ प्रकाशित
  • Nabintech