१ जेष्ठ २०८१, मंगलवार
जिल्ला प्रशासन कार्यालय बाँकेमा तरुण दलको ज्ञापनपत्र
  • काँचुली खबर

बढदो हत्या हिंसा, महंगी विरुद्ध नेपाल तरुण दल बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको छ । चाडपर्वको समयमा सरकारले मुल्य बृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै सो सचयाउन माग सहित प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । यस अघि काँग्रेस पार्टी कार्यालयबाट तरुण दलको र्याली निस्कीएको थियो ।
नेपाल तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाहले प्रमुख जिल्ला अधिकारी भुजेललाई बुझाएको ज्ञापनमा मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी तस्करीलाई नियन्त्रण र कारवाही गरिनुपर्ने, चाडपर्वमा अति उपभोग्य वस्तु सुपथ मुल्यमा उपलब्ध हने गरि पसलको ब्यवस्था गरिनु पर्ने लगायत माग रहेका छन् ।

निर्मला पन्तको बलत्कार पछिको हत्याको अपराधीलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्नूपर्ने र सम्पुर्ण नेपाली चेलीबेटीलाई सुरक्षित महसुस गर्ने बातावरण मिलाउनुपर्ने समेत तरुणहरुको माग रहेको छ । सरकारले जनता समक्ष गैरजिम्मेवारी देखाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुजेलले आफ्नो तर्फबाट गर्नूपर्ने सम्पुर्ण कार्य गर्ने बताए । चाड पर्वको मुखमा गरिएको मुल्य बृद्धि र कालो बजारीको चौतर्फि रुपमा आलोचना भैरहेको छ ।

  • २६ आश्विन २०७५, शुक्रबार २०:५१ प्रकाशित
  • Nabintech