१७ बैशाख २०८१, सोमबार
राप्ती नदिमा डुबेर २ बालिकाको मृत्यु
  • काँचुली खबर

 राप्ती नदिमा डुबेर दुई बालिकाको मृत्यू भएको छ । बाँके जिल्लाको नरैनापुर गाउपालिकाको मटेहियामा नदिमा डुबेर शुक्रबार २ बालिकाको मृत्यू भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यू हुनेमा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का जफर शेषकी ६ बर्षीया छोरी सरिफुन शेख र वडा नम्बर ५ कै अरिक शेषकी ९ बर्षीया छोरी प्रमिला शेख रहेका छन् । बाख्रा चराउन गएका बेला नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाहरुको मृत्यूको खबर सुनेपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह घटनास्थल पुगेका थिए । यसैबिच सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी ९नमुना० ले घटनाले आफुलाई अत्यन्तै दुखद बनाएको भन्दै मृतक बालिकाका परिवारलाई राहात दिन सरकारसँग माग समेत गरिन् ।

डुबेर मृत्यू भएका बालिकाका परिवारलाई राहात दिलाउनको लागि स्थानीय प्रशासनसँग आफुले पहल गर्ने समेत उनले बताइन् । साथै प्रदेश सांसद नमुनाले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट समेत गरेकी छन् ।

  • २६ आश्विन २०७५, शुक्रबार १९:४९ प्रकाशित
  • Nabintech