२३ बैशाख २०८१, आईतवार
बढैयाताल गाउँपालिका बालबालिका विरुद्ध हुने हिंसा रोक्न सक्रिय हुदै
  • काँचुली खबर

सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल र राईजिङ आईडल्सको समन्वय तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा तथा दुब्र्यवहार न्यूनिकरणमा सरोकारवालाको भुमिका बारे बालिकासंग छलफल कार्यक्रम तथा रयाली गरिएको छ ।
बढैयाताल गाँउपालिकाकाे आयोजनामा भएको कार्यक्रममा सामाजिक सचेतन सरोकार मन्च (स्याक), का अध्यक्ष शिवलाल पाण्डेले स्वागत मन्त्ब्य राख्नुु भएको थियो । बालिका दिवशको उद्देश्यबारे प्लान ईन्टरनेशनल नेपालका एरिया म्यानेजर मीना पराजुलीले प्रष्ट पार्नु भएको थियो । सो कार्यक्रमको अध्यक्षता गर्नुभएको बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दीपा कुमारी गौतमले स्थानिय तहमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै निकायसंग समन्वय र सहकार्य गरि ठोस कार्य योजना बनाउने प्रतिबद्धता समेत गर्नुभयो ।

गाउँपालिकाले पालिका स्तरीय बाल संरक्षण समिति समेत गठन गरेको छ । सो छलफल कार्यक्रममा अधिवक्ता बशन्त गौतमले नेपालमा रहेको विद्यमान कानुनी प्रक्रिया बारे जानकारी गराउनुभएको थियो । स्याकले निर्माण गरेको च्याम्पियन अफ चेन्जका सदस्य प्रज्ञासी गौतम र प्रतिक्षा चौधरीले किशोरीहरुको स्थानीय समस्याका विषयमा सुरक्षित वातावरण परिकल्पनाा समेत प्रस्तुत गरेका थिए ।
सो गाँउपालिका अन्तरगतको शिक्षा शाखाका विद्यालय निरिक्षक बिमला गुुरुङ्ग, स्वास्थ्य शाखा प्रमूख विष्णु पौडेल, प्लान ईन्टरनेशनल नेपालका स्पोन्सर म्यानेजर स्नेहालता श्रेष्ठ, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, महिला तथा बालबालिका शाखाका प्रतिनीधि, वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालयका प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, बालक्लवका सदस्य, नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको थियो । हाल बढैयाताल गाउँपालिकाका प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिनुुभयो । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने रहको बताउनुभयो । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका उमन हमालले गरेका थिए ।

  • २५ आश्विन २०७५, बिहीबार २१:३१ प्रकाशित
  • Nabintech