२३ बैशाख २०८१, आईतवार
रनियापुरमा मानब अधिकार शिक्षा सचेतना कार्यक्रम
  • काँचुली खबर

सबैका लागि घर(घरमा मानब अधिकार शान्ति र बिकासको आधार भन्ने मुल नारका साथ राष्ट्रिय मानब अधिकार आयोग नेपालगन्जले खजुरा गाँउपालिकाको रनियापुरमा शिक्षा सचेतना कार्यक्रमको अयोजना गरेको हो । मुस्लिम समुदायका बालबालिका र गृहणीलाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय मानब अधिकार आयोगका सुचना अधिकारी टंक खनालले बताए । कार्यक्रममा बोल्दै खनालले पछिल्लो समयमा महिला हिंसा बढदै गैरहेका अबस्थामा सबै महिलाहरु सचेत हुनु पर्ने कुरामा जोड दिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानब अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाईले अब सबै महिलाहरु शिक्षित र सचेत हुनु पर्ने अबस्था आएको हुदा आफ्नो सुरक्षाका लागी पनि रातिको समयमा एक्लै हिडडुल गर्न नहुने भन्दै हिड्न परेको खण्डमा अबिभाबकसँग हिड्न पनि आग्रह गरेका थिए । शिक्षाबाट नै समाज रुपान्तरण हुने हुदा सबै बालबालिकाहरुलाई शिक्षा दिन पनि आबश्यक रहेको बताए ।


यस्तै कार्यक्रममा खजुरा गाँउपालिका वडा नं. ८ का अध्यक्ष फिरोज खाँन, जागरण समाजका अध्यक्ष होमराज कुर्मी, सामाजिक सुरक्षा संजाका प्रतिनिधी शोभना मिश्रा लगाएतको उपस्थिती रहेको थियो ।

  • १५ आश्विन २०७५, सोमबार १६:०२ प्रकाशित
  • Nabintech