कोहलपुरमा बिरोध प्रदर्शन
  • काँचुली खबर

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध र्यालि प्रदर्शन निकालिएको थियो ।
निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै कोहलपुर जेसिसको आयोजनमा अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।
‘निर्मलाका निम्ति न्याय’ का लागि Justice For Nirmala, Rage Against Rape लेखिएको प्लेकार्ड र ब्यानर सहित राजनैतिक दल, नागरीक समाज, पत्रकार, महिला अधिकारकर्मि सहितको र्याली कोहलपुर चौराहा बाट सुरु भई ईलाका प्रहरी कार्यालयमा पुगेर सभामा परिणत भएको कोहलपुर जेसिसकी उपाध्यक्ष संगिता सुबेदीले बताईन । दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिनका लागि प्रदर्शनी भएको हो । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो ।
निर्मला पन्तको घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन । बिरोध र्यालीमा कोहलपुरका विभिन्न संघ संस्थाका अग्रज व्यक्तित्वहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

  • ३० भाद्र २०७५, शनिबार १५:१७ प्रकाशित
  • Nabintech