काठमाडौं महानगरमा ३ वर्षमा मोनोरेल
  • काँचुली खबर

काठमाडौं- काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्छु भन्दै निर्वाचन जितेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको रेल चढ्ने सपना पूरा गर्ने देखिएको छ । काठमाडौं महानगरमा तीन वर्षमा मोनोरेल सञ्चालन हुने भएको छ । चिनियाँ कम्पनी सिआरसिसी काठमाडौं महानगरमा मोनोरेल सन्चालन गर्न सकिने सम्भावना औँल्याएको छ ।

कम्पनीले उपत्यकामा मोनोरेल सञ्चालन गर्न तीन वर्ष लाग्ने बताएको छ । तीन चरणमा तीन वर्षभित्र काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सकिनेछ। कम्पनीले १ खर्ब १६ अर्बको लागतमा उपत्यकामा मोनोरेल सञ्चालन गर्न सकिने बताएको हो । तर, विज्ञहरूले भने काठमाडौं उपत्यका लागि मानोरेल उपयुत्त नभएको बताउँदै आएका छन् ।

  • २८ भाद्र २०७५, बिहीबार १३:१५ प्रकाशित
  • Nabintech