पर्सा – भारतबाट भित्र्याइएको ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र बालेश्वर दास थारुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
२३ भाद्र २०७५, शनिबार १४:५४ प्रकाशित