चितवन– गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार संकलन गर्न गएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरूले आफ्नो मोबाइल र डायरी पनि लगेको उनले बताए ।
यसैबीच, घटनाको पत्रकार सम्बद्ध संघ–संगठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठन चितवनले शनिबार विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बैठकपछि आफू बाहिर निस्किएलगत्तै भित्र घटना भएको भन्दै सोकोे नैतिक जिम्मेवार लिँदै उनले क्षमायाचना गरे । गैँडाकोट निवासी गोर्खाली जनआस्था साप्ताहिकको चितवन र नवलपरासीका लागि संवाददातासमेत हुन् ।
२३ भाद्र २०७५, शनिबार १३:०५ प्रकाशित