बलात्कारीलाई फाँसीको विकल्प छैन : सावित्रा सुवेदी
  • काँचुली खबर

पेटीकोट आन्दोलनकी अगुवा तथा महिला अधिकारकर्मी सावित्रा सुवेदी कोहलपुर आईपुगेकी छन । बलात्कारीलाई फाँसीको सजाय दिलाउन देशब्यापी अभियानमा जुटेकी सावीत्राले कोहलपुरका महिला अधिकारकर्मीहरुको समर्थन जुटाउन पहिलो पटक कोहलपुर आएकी हुन ।
केही दिनअघि हजुरवुवाद्धारा कोहलपुरकी १३ वर्षिय नातिनी बलात्कार भएको घटना सार्वजनिक भएपछि त्यसको विरोधकालागि आफु कोहलपुर आएको सुवेदीले बताईन । बलात्कारको सिकार हुन पुगेकाहरुलाई न्याय दिलाउने अभियानमा जुटेको बताउने सुवेदीले कोहलपुरकी १३ वर्षिया बालिकालाई न्याय दिलाउन सबै एकजुट हुनुपर्ने बताईन ।
सगरमाथाको छोरीको नामले समेत ख्याती कमाएकी सुवेदीले मंगलबार कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाललाई बलात्कारमुक्त देश बनाउन बलात्कारीलाई फाँसीको सजाय बाहेक अर्को विकल्प नरहेको दाबी गरिन । उनले अब सबै महिलाहरु उठ्नुपर्ने अवस्था आएको भन्दै हरेक क्षेत्र र तहबाट महिलामाथी हुने दुब्र्यबहारका बिरुद्ध आवाज उठाउन सबैलाई आग्रह समेत गरिन ।

  • १९ भाद्र २०७५, मंगलवार २०:३३ प्रकाशित
  • Nabintech