पेटिकोट आन्दोलनकी अगुवा सावित्रा सुवेदी कोहलपुर आउँदै
  • काँचुली खबर

आफ्नै हजुरवुवाद्धारा १३ वर्षिय नातिनी बलात्कार भएको घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मी सावित्रा सुवेदी कोहलपुर आउने भएकी छन । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै केही साता पहिले पेटीकोट आन्दोलन गरेर चर्चामा आएकी सुवेदी कोहलपुरकी १३ वर्षिया बालिकालाई न्याय दिलाउन कोहलपुर आउन लागेकी हुन ।
दोषीलाई फाँसीको सजाय हुनेपर्ने भन्दै देशब्यापी अभियान संचालन गर्दै आएकी सुवेदी कोहलपुरका महिला अधिकारकर्मीहरुलाई साथ दिन कोहलपुर आउन लागेकी हुन । सगरमाथाको छोरीको नामले समेत ख्याती कमाएकी सुवेदी आज (मंगलबार) बेलुका ५ बजे कोहलपुर आउने कार्यक्रम तय भएको ज्ञानोदय सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव शुसिल सापकोटाले जानकारी दिए ।


यसैबिच आफ्नै नातिनी बलात्कार गर्ने दोषीलाई सार्वजनिक गर्नुपर्ने भन्दै कोहलपुरका महिला अधिकारकर्मीहरुले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । महिला अधिकारकर्मीको नेतृत्वमा गएको एक टोलीले कोहलपुर प्रहरीले बलात्कारका दोषीलाई लुकाउन खोजेको भन्दै तत्काल सार्वजनिक गर्न र हदैसम्मको कारवाहीको माग गरेका हुन । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएको महिला अधिकारकर्मी तथा नेकपाकी नेतृ बसन्ती अधिकारीले जानकारी दिईन ।

  • १९ भाद्र २०७५, मंगलवार १५:५० प्रकाशित
  • Nabintech