जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई ७ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । २०६८ असार २८ गते रुकुम साविक पोखरा गा.बि.स. वडा नं. ६ बस्ने टेक बहादुर घर्तीको हत्या गरी फरार भएका कुमबिर बुढा घटनाको ७ वर्षपछि पक्राउ परेका हुन ।
हत्या गरीएका घर्ती र बुढा ब्यवसायी पाटनर रहेको र आपसी लेनदेन नमलिेपछि घर्तीको हत्या गरेको बुढाले स्विकार गरेका छन । आप्mनै साथीको हत्या गरी फरार रहेका राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बस्ने बुढालाई बाग्लुङको ढोरपाटन नगरपालीका-९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घर्तीको हत्यागरी ढोरपाटनमा लुकीछिपी बस्दै आएका बुढालाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि उक्त घोटनामा संलग्न भएको आशंकामा अन्य ब्यक्तिलाई नियन्त्रणमा लिएर छानविन प्रक्रिया अगाडी बढाईएपनि आवश्यक प्रमाण फेला नपरेपछि उक्त घटनाको छानविनकालागि प्रहरीको विशेष अनुसन्धान दस्ता तयार गरिएको थियो ।
सोही टोलीले बुढालाई ७ वर्ष पछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए । मंगलबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाका अभियुक्त बुढालाई सार्वजनिक गरिएको हो ।
१९ भाद्र २०७५, मंगलवार १५:२४ प्रकाशित