बाँकेको नेपालगन्जमा शुक्रबार दिउँसै दुई समुहबिच झडप हुदा एक जना गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ७ को एमपी स्कुल नजिक दुई समुहबिच झडप भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । मुन्नी खाँ र अरबी हुसेन अन्सारी समुहबिच झडप भएको हो ।
मुन्नी खाँको चिरपट प्रहारबाट एकलैनी निवासी अन्सारी गम्भिर घाइते भएका छन् । गम्भीर घाईते अन्सारीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । उनको टाउकोमा २१ वटा टाँका लगाईएको छ । पूरानो रिसिबीलाई लिएर खाँले अन्सारीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनीहरुसँगै रहेका अन्य केही युवाहरुलाई सोधपुछ गरिरहेको उनले बताए । अन्सारीलाई टाउकोमा चिरपट प्रहार गर्ने खाँ फरार रहेको भन्दै प्रहरी निरीक्षक डाँगीले उनको खोजि तिव्र पारिएको जानकारी दिए ।
१५ भाद्र २०७५, शुक्रबार १८:५० प्रकाशित