राँझा जमुनाहा सडक खण्डका खाल्डाखुल्डी पुर्न का.बा मेयरको अग्रसरता
  • काँचुली खबर

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर प्रमोद रिजालले मंगलबार विहान १२ घण्टाभित्रैं सुर्खेतरोडमा रहेका खाल्डाखुल्डी पुर्ने निर्णय गरेका थिए । दिउसोदेखि खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । वीपीचौकमा रहेको खाल्डो मेयर रिजालको अग्रसरतामा खानेपानी कार्यालयसँगको समन्वयमा पुरिएको छ । खाल्डा पुर्नका लागि रिजालले खानेपानी कार्यालयसँग समेत समन्वय गरेका थिए । सडक खन्दा सडकको बीच भागमा फुटेको ह्यूमपाईप राखिएको पाइएको छ । ह्यूमपाईप भएर पानी समेत बगिरहेको छ । तर सहज निकास छैन् । बुधबार सो स्थानमा थप काम गरिने भएको छ । खाल्डाखुल्डी पुर्नका लागि निर्माण सामाग्री ल्याउन सुरु गरिएको छ । बुधबार विहान ८ बजेदेखि सम्पूर्ण खाल्डाखुल्डी पुर्न सुरु गरिएको रिजालले बताए । रिजालका अनुसार राँझा जमुना सडक खण्डमा रहेका ६० भन्दा बढि खाल्डाखुल्डी रहेको हुदा भोलि बिहान सम्म सबै पुरी सक्ने बताए । सुर्खेतरोडमा खानेपानीको पाईप फुटेर समेत सडक बिग्रिएको बिषयमा कार्यबाहक मेयर रिजालले खानेपानी कार्यालयको ध्यानाकर्षण गराएको बताए । सुर्खेतरोडका खाल्डाखुल्डी पुर्नका लागि मंगलबार अनूगमन गरी स्टिमेट तयार गरी, ठेकेदारलाई जिम्मा लगाइएको हो ।

  • १३ भाद्र २०७५, बुधबार १३:५२ प्रकाशित
  • Nabintech