५ बर्षिया बालिका बलात्कृत
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा ५ वर्षिया मुस्लिम समुदायकी वालिका बलात्कृत भएकी छिन् । सोही ठाउँमा बस्ने १५ बर्षिय किशोर हरुण खाँनले मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि बलात्कारका आरोपी खाँनलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको बताइएको छ । बलात्कृत वालिकाको स्वास्थ्य परीक्षणका लागि मंगलबार नै मेडिकल कलेज पु¥याइएको प्रहरीले जनाएको छ । मंगलबार घटना घटेपनि प्रहरीमा जाहेरी भने दर्ता गरिएको छैन । बलात्कारका आरोपीे भारत उत्तर प्रदेश डिन्नी रहेली घरभई हाल कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने हरुण खाँनलाई प्रहरलिे नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भैरहेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहले जानकारी दिए ।

  • १२ भाद्र २०७५, मंगलवार १८:४९ प्रकाशित
  • Nabintech