मानव बेचबिखन बिरुद्ध एक हुन आग्रह
  • काँचुली खबर

थ्रि एन्जलस् नेपाल शाखा कार्यालय कोहलपुरको आयोजनामा शुक्रबार समन्वयात्मक बैठक सम्पन्न भएको छ । मानव वेचविखन विरुद्ध उपलब्धि, सिकाई तथा आगामी कार्ययोजनाको बारेमा जानकारी दिने उद्धेश्यले सम्बन्धित सरोकार निकाय बीच समन्वयात्मक बैठक आयोजना गरिएको थियो । बैठकमा सहभागीले मानव तस्करहरु नयाँ-नयाँ उपायका साथ सक्रिय रहेकाले रोकथामका लागी थ्रि एन्जलस चनाखो हुनुपर्नेमा जोड दिए ।
बैठकलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु चौधरीले आर्थिक अवस्थाका साथै चेतना अभावका कारण अझैंपनि देश भित्र र बाहिर मानव बेचविखन भईरहेकोमा चिन्ता व्यक्त गर्दै मानव बेचविखनको पुर्ण अन्त्यकालागि कोहलपुर नगरपालिका सशक्त ढंगले अगाडी बढिरहेको जानकारी दिईन । उपप्रमुख थारुले त्यसकालागि बिभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्न तयार रहेको बताईन् ।
कोहलपुरको बसपार्कमा कार्यालय राखेर काम गरिरहेको थ्रि एन्जलस् बसपार्क कालोपत्रे कार्य शुरु भएपछि कार्यालय विहिन भएको भन्दै थ्रि एन्जल्स नेपाल कोहलपुरका प्रमुख लोकेन्द्र बहादुर सुनारले दैनिक गतिविधि संचालनकालागि आवश्यक कार्यालय व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरे ।


मानव बेचविखन विरुद्ध काम गर्दै आएको बताउँदै प्रमुख सुनारले हालसम्म मानव बेचबिखन बिरुद्धको सन्देश मुलक नेपाली चेली कार्यक्रम, दिवा छात्रवृति कार्यक्रम, २१ वटा कारागारमा जनचेतना, स्वास्थ्य सम्वन्धी कार्यक्रम, पुनःस्थापनाका लागि ११ वटा वालगृह संचालन गरिएको जानकारी दिए ।
उनले भने, ‘सुचना दिनुस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उद्धार र पुनःस्थापनाकालागि थ्रि एन्जल्स कोहलपुर तयार छ ।’
कानुनत मानव वेचविखनको सजाय कडा भएपनि समाज र राजनीतिका नाममा पेशेवर दलालहरु छुट्ने गरेको भन्दै मानव तस्कर विरुद्धको घटनामा प्रहरीलाई हस्तक्षेप नगर्न ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश सिहले आग्रह गरे ।
ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले देशभर ख्याति कमाएको थ्रि एन्जल्सले शिक्षा, स्वास्थ्य र रोजगारी का क्षेत्रमा कार्यक्रम ल्याउन सुझाव दिए ।
बैठकले जोखिममा परेका वालवालिका र प्रभावित क्षेत्र र मानव वढी चहलपहल हुने स्थानमा चनाखो रहन र सुचना पाए सुचक गोप्य राखिने हुदाँ नजिकको प्रहरी कार्यालय वा थ्रि एन्जल्स नेपाल कोहलपुर शाखामा खबर गर्न स्थानियलाई अनुरोध गरेको छ ।

  • ८ भाद्र २०७५, शुक्रबार २१:४२ प्रकाशित
  • Nabintech