सडक दुर्घटनामा डाँगी गम्भीर घाईते
  • काँचुली खबर

बाँकेको कोहलपुरमा मोटरसाईकलले ठक्कर दिदा एक ब्यक्ती गम्भीर घाईते भएका छन । कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा भे ४ प ५५५३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदलयात्री हरि बहादुर डाँगी गम्भीर घाईते बताएका हुन । दुर्घटनामा मोटरसाईकल चालक समेत घाईते भएका छन । कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको मोटरसाईकलले कोहलपुर नगरपालिका-१४ चित्रनगरका ७५ वर्षिय डाँगीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएलगत्तै डाँगीलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र मोटरसाईकल चालकको समेत उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

  • ३ भाद्र २०७५, आईतवार १८:२४ प्रकाशित
  • Nabintech