बाँकेको जय अम्बे स्टिलमा आगलागी, ८ जना घाइते
  • काँचुली खबर

१५ कात्तिक, काेहलपुर । बाँकेको जानकी गाउँपालिका-५ स्थित जय अम्बे स्टिल उद्योगमा भएको आगलागीमा ७ जना घाइते भएका छन्। आज बिहान साढे ४ बजे उद्योगमा अचानक लागेको आगलागीमा घाइते ८ जना कामदारलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको छ।

जानकी गाउँपालिका-५ निवासी २८ वर्षीय शिवप्रसाद चमारको दुवै हात र अनुहार जलेको छ भने २४ वर्षीय प्रेम धोबीको दुवै खुट्टामा चोट लागेका बताइन्छ । २९ वर्षीय दिलीप कुमार यादवका दुवै हात जलेको र ३५ वर्षीय लक्ष्मीराम यादवको दाहिने हात, बायाँ खुट्टा र ढाडमा घाउ लागेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भारतको बहराइच जिल्ला कठौतिया निवासी २९ वर्षीय राजकुमार निषादको खुट्टामा चोट, २४ वर्षीय शिवकुमार निषादको दाहिने खुट्टा र बायाँ हातमा चोट तथा २५ वर्षीय विनोदकुमार निषादको ढाडमा चोट लागेकाले घाइते भएका हुन् ।

घाइतेमध्ये शिवप्रसादको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक लालबहादुर शाहीको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटेको थियो ।

  • १६ कार्तिक २०८३, आईतवार १३:०४ प्रकाशित
  • Nabintech