गाउँ नै जाेखिममा पर्नेगरी राप्तीमा अवैध उत्खनन् 
  • काँचुली खबर

८ कार्तिक, काेहलपुर ।  बाँकेको राप्ती नदीको कटान र डुबानको उच्च जोखिम झेलिरहेका स्थानीय बासिन्दा फेरि एकपटक अस्तित्वको लडाइँमा उत्रिएका छन्।

डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको सिमानामा पर्ने राप्ती नदी क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खननलाई लिएर स्थानीय र ठेकेदार पक्षबीच तीव्र विवाद तथा तनाव उत्पन्न भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

डुडुवा गाउँपालिकाले दिएको ठेक्काको आडमा ठेकेदार पक्षले राप्तीसोनारी गाउँपालिकातर्फको अति संवेदनशील र जोखिमयुक्त क्षेत्रमा डोजर चलाएपछि स्थिति तनावग्रस्त बन्दै गएकाे छ ।

ठेकेदारले राप्तीसोनारी-६ स्थित अत्यन्त जोखिमयुक्त क्षेत्रमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न थालेपछि स्थानीय जनप्रतिनिधि र बासिन्दाहरू घटनास्थलमा पुगेर विरोध जनाएका हुन् ।

आईतबार बिहान राप्तीसोनारी वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल स्थानीय जनतासहित घटनास्थलमा पुगेर तत्काल उत्खनन रोक्न चेतावनी दिएका छन्। बर्खायाममा आउने बाढीका कारण वर्षौंदेखि डुबान र कटानको पीडा भोग्दै आएका राप्तीसोनारी-६ लगायतका बस्तीहरूमा यस उत्खननले थप ठूलो विपत्ति निम्त्याउन सक्ने स्थानीयहरूको भनाइ छ।

स्थानीयका अनुसार हाल उत्खनन् भइरहेको क्षेत्रले नदीको प्राकृतिक बहाव नै परिवर्तन गर्ने खतरा पैदा गरेको छ। २०७१ र २०७४ सालको विनाशकारी बाढीले खल्लटपरी गाउँमा ठूलो धनजनको क्षति पुर्‍याएको पीडा अझै मेटिएको छैन। नदीको बहाव नै बदल्ने यस्तो कार्यले अलि-अलि जोगिएको खल्लटपरी गाउँ र आसपासका बस्तीहरू आगामी दिनमा पूर्ण रूपमा बग्ने जोखिम बढेको स्थानीय  बताउछ्न् ।

यसअघि पनि स्थानीयले जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला समन्वय समितिमा पटक-पटक लिखित तथा मौखिक उजुरी दर्ता गराएका थिए। तर जिम्मेवार निकायहरूको उदासीनताका कारण अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन। प्रशासनको मौनताले ठेकेदार पक्षको मनोबल बढेको र जनताको जीवन तथा सम्पत्तिमाथि खेलबाड भइरहेको स्थानीयको गुनासो छ।

जनताको जीवनरक्षाभन्दा ठेकेदारको स्वार्थ प्राथमिकता दिने खेल अब सहने छैन भन्दै स्थानीयले तत्काल रोक लगाउन जोडदार माग गरेका छन्।

नेपालको वातावरण संरक्षण ऐन, ढुंगा-गिट्टी-बालुवा उत्खनन तथा बिक्री-वितरणसम्बन्धी मापदण्ड र सर्वोच्च अदालतको आदेशअनुसार नदीको सतह वा बगरमा स्काभेटर, लोडरजस्ता भारी उपकरण प्रयोग गरी नदीजन्य पदार्थ निकाल्न पाइँदैन।

जथाभावी मेसिन प्रयोग गर्दा नदीको प्राकृतिक बहाव परिवर्तन हुने, बगर भासिने, आसपासका बस्ती र पुल जोखिममा पर्ने तथा जलचर नष्ट हुने भएकाले यसलाई अवैध मानिन्छ।

वर्षायाम (सामान्यतया असारदेखि भदौ मसान्तसम्म) मा नदीबाट ढुंगा-बालुवा निकाल्ने कार्य र मेसिनरी औजारको प्रयोग पूर्ण रूपमा बन्द गरिएको हुन्छ।

स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र स्वीकृत ठेक्का सम्झौताको परिधिभित्र रही तोकिएको क्षेत्रमा मात्र नियमसङ्गत उत्खननको अनुमति दिने व्यवस्था छ। तर तोकिएको मापदण्ड विपरीत गहिरो खन्ने वा जथाभावी स्काभेटर चलाउन पाइँदैन।

अनुमतिबिना वा मापदण्ड विपरीत नदीमा स्काभेटर प्रयोग गरी उत्खनन गरिएमा त्यो पूर्ण रूपमा गैरकानूनी मानिनछ ।  यस्ता मेसिन प्रहरी वा स्थानीय प्रशासनले नियन्त्रणमा लिन सक्ने र कानुनअनुसार जरिवाना तथा कारबाही हुने व्यवस्था छ।

  • १० कार्तिक २०८३, सोमबार १२:२१ प्रकाशित
  • Nabintech