२२ भदाै, नेपालगन्ज । रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि बाँकेमा आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको छ ।
भेरी अस्पतालमा शनिबार १६ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले जानकारी दिए । नेपाल प्रहरीसँगको सहकार्यमा नमूना संकलनको काम भइरहेको उनले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
संकलन गरिएका नमूना शनिबार नै काठमाडौं पठाइएको छ ।
बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गर्न नमूना संकलन सुरु गरिएको बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीले जानकारी दिए ।
डिएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ताका आफन्तहरू रहेको पनि एसपी जिसीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परेको छ भने अझै २७ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
२२ भाद्र २०८३, सोमबार १३:०८ प्रकाशित