१३ भदाै, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
आज बसेको नगर कार्यपालिका बैठकले बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
हालसम्म कोहलपुरका एक जनाको बाढीमा परी मृत्यु भएको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिका-११ का कविराम थारुको मृत्यु भएको छ । थारुको शव चितवनमा फेला परेको थियो । उनको आजै कोहलपुर शवदाहगृह अन्त्यष्टी गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।
बाढिमा अझै ११ जना बेपत्ता भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका छन् ।
कार्यपालिकाको बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने निर्णय गरिएको छ।
वडा नं. १२ का अध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नं. २ का वडा अध्यक्ष हरि सिंह कठायतल, ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र ६ का वडा अध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्नेछ ।
विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पुर्याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगर प्रमुख आचार्यले जानकारी दिए ।
१३ भाद्र २०८३, शनिबार १२:२९ प्रकाशित