हवाई फायर गरी कोहलपुरबाट २ जना लागूऔषध कारोबारी पक्राउ
  • काँचुली खबर

२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका-१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका-६ का ६० वर्षीय टोपजंग गिरी रहेका छन् ।

लागूऔषध बिक्री-वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार भदाै १ गते कोहलपुर नगरपालिका-६ बाट लागूऔषध अफिमको कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई छलेर भाग्न खोजेका थिए । त्यस क्रममा उनीहरूलाई रोक्न प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम लागूऔषध अफिम बरामद गरेको जनाएको छ । साथै उनीहरूको साथबाट २ थान मोबाइल फोन समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

  • २ भाद्र २०८३, मंगलवार ०९:३३ प्रकाशित
  • Nabintech