३२औँ विश्व आदिवासी दिवस : अधिकार र पहिचान संरक्षणमा जोड
  • काँचुली खबर

२४ साउन, कोहलपुर । कोहलपुरमा ३२औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। नेपाल आदिवासी जनजाति महासंघ, कोहलपुर नगर समन्वय परिषद् बाँकेको आयोजनामा आइतबार नगर परिक्रमा, सभा तथा सांस्कृतिक कार्यक्रम गरी दिवस मनाइएको हो।

दिवसको अवसरमा आदिवासी जनजाति समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा, पहिचान तथा अधिकारको संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने भेषभुषाहित नगर परिक्रमा गरेका थिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नगर परिक्रमा पश्चात् कोहलपुर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, कला, परम्परा र जीवनशैलीको संरक्षणसँगै राज्यका हरेक तहमा समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरीले आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न सबै पक्षको भूमिका आवश्यक रहेको बताइन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायको मौलिक पहिचान र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले आदिवासी जनजातिलगायत सबै समुदायको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। अधिकार प्राप्तिसँगै नेतृत्व विकासमा समेत ध्यान दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल आदिवासी जनजाति महासंघ, कोहलपुर नगर समन्वय परिषद् बाँकेका वरिष्ठ उपाध्यक्ष शेरबहादुर गुरुङले आदिवासी जनजाति समुदाय एकताबद्ध हुनुपर्ने बताए। जनजाति समुदायलाई लामो समयदेखि अरूलाई नेतृत्वमा पुर्‍याउने ‘भर्‍याङ’का रूपमा मात्र प्रयोग गरिँदै आएको उल्लेख गर्दै अब आफैँ नेतृत्वदायी भूमिकामा आउनुपर्ने उनको भनाइ थियो।

नेपाल आदिवासी जनजाति महासंघ, कोहलपुर नगर समन्वय परिषद् बाँकेका अध्यक्ष कृष्णबहादुर पुन मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै राज्यका नीति निर्माण तथा नेतृत्व तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएको छ। नेपालमा पनि आदिवासी जनजाति समुदायले यस दिवसलाई विशेष महत्वका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएका छन् ।

  • २४ श्रावण २०८३, आईतवार १९:१७ प्रकाशित
  • Nabintech