१ असार, काेहलपुर । बागेश्वरी एकेडेमी इ.मि. स्कुल, कोहलपुर-१० चटार, बाँकेको आयोजनामा तथा नेपाल तेक्वान्दो संघ बाँकेको सहकार्यमामा सञ्चालित “प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता-२०८३” सम्पन्न भएको छ।
विद्यार्थी तथा युवा खेलाडीहरूमा रहेको प्रतिभा, क्षमता, अनुशासन र खेलकुदप्रतिको आकर्षणलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा बाँके जिल्लाका विभिन्न डोजाङहरूबाट ४५० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेल कौशल, अनुशासन तथा खेलभावनाको प्रदर्शन गरेका थिए।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महिलातर्फ क्रिसा थापा तथा पुरुषतर्फ हिमशिखर आचार्य उत्कृष्ट खेलाडी घोषित हुन सफल भए । त्यसैगरी, सहभागी डोजाङहरूमध्ये बागेश्वरी तेक्वान्दो डोजाङ प्रथम, रेम्बो तेक्वान्दो डोजाङ द्वितीय तथा स्टेप अफ तेक्वान्दो डोजाङ तृतीय स्थान हासिल गर्न सफल भएका थिए। विजेता डोजाङहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै विभिन्न तौल समूह तथा विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष किशन गुरुङले तेक्वान्दो जस्तो कठिन, अनुशासित र चुनौतीपूर्ण खेलले विद्यार्थीहरूमा आत्मविश्वास, साहस, संयम, नेतृत्व क्षमता तथा अनुशासनको विकास गर्ने बताए । उनले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई समान प्राथमिकता दिँदै आएको उल्लेख गर्दै भविष्यमा अझ बृहत् स्तरमा यस्ता प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुदले स्वस्थ, सक्षम र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीहरूलाई खेल गतिविधिमा निरन्तर सहभागी हुन प्रेरित गर्नुपर्ने उनको भनाइ थियो ।
“संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै बागेश्वरी एकेडेमीले शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पुर्याउँदै आइरहेको गुरूङले बताए ।
१ असार २०८३, सोमबार ११:२९ प्रकाशित