परूवा खाेलामा डुबेर १२ वर्षिय बालिकाकाे मृत्यु
  • काँचुली खबर

२४ जेठ, काेहलपुर । राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी १२ वर्षीया लक्ष्मी खड्काको परुवा खोलामा डुबेर मृत्यु भएको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो करिब १२ बजेतिर साथीहरूसँग परुवा खोलामा नुहाउन गएकी लक्ष्मी अचानक खोलामा डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीय बासिन्दा तथा युवाहरूले उनको खोजी सुरु गरेका थिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

स्थानीय युवा निराजन दाहालका अनुसार करिब एक घण्टासम्म खोजी गर्दा पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्यलाई तीव्र बनाइएको थियो।

त्यसक्रममा दिउँसो करिब १ बजेतिर उनको शव खोलाभित्र डुबेको अवस्थामा फेला परेको थियो।

घटनापछि स्थानीयवासी शोकाकुल बनेका छन्। बालिकाको असामयिक निधनले परिवार तथा गाउँभरि दुःखको वातावरण सिर्जना भएको छ।

खोलानाला तथा जलाशयमा बालबालिका नुहाउन जाँदा अभिभावकको निगरानी आवश्यक रहेको भन्दै स्थानीयले यस्ता घटनाबाट सतर्क रहन आग्रह गरेका छन्।

  • २४ जेष्ठ २०८३, आईतवार १७:२१ प्रकाशित
  • Nabintech