विद्यार्थीको सुरक्षाकाे माग गर्दै विद्यालय अगाडि धर्ना 
  • काँचुली खबर

६ जेठ, कोहलपुर । राजमार्ग क्षेत्रमा रहेका विद्यालय वरपरको असुरक्षित वातावरण, खुला नाली, ध्वनि प्रदूषण तथा विद्यालय शुल्कसम्बन्धी विषय उठाउँदै सामाजिक अभियन्ता भुम बहादुर भण्डारीले धर्ना दिएका छन ।

तीव्र सवारी आवागमन, खुला तथा जोखिमयुक्त नाली, अनावश्यक हर्न र चर्को ध्वनिका कारण विद्यार्थीको सुरक्षामा चुनौती थपिएको भन्दै भण्डारीले काेहलपुर-१० त्रिभुवन मावि अगाडि ३० मिनेट धर्ना दिएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विद्यालय क्षेत्र वरिपरि जेब्रा क्रसिङको व्यवस्था गर्न, विद्यालय आसपासका नाली तथा जोखिमयुक्त स्थान तत्काल मर्मत गर्न, विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण नियन्त्रण गर्न र विद्यालय अगाडिको सडकमा ट्राफिक सुरक्षाका आवश्यक संरचना निर्माण गर्न उनले माग गरेका छन ।

त्यसैगरी, संस्थागत तथा गुठी विद्यालयको शुल्क पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने, सामुदायिक विद्यालयमा अतिरिक्त पारिश्रमिक (ओटी) नियन्त्रण गर्न समेत उनले स्थानिय सरकारलाई ध्यानाकर्षण गराएका छन ।

“विद्यालय शान्ति क्षेत्र हो, लापरवाही किन ?”, “विद्यार्थीको सुरक्षा कसको जिम्मेवारी ?” जस्ता नारासहित विद्यालय अगाडि धर्ना दिएका भण्डारीले तत्काल समस्या समाधानकालगी पहल नगरे चरणवद्द आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

सार्वजनिक गरिएको अपिलमा विद्यालय क्षेत्रमा शान्त र पढाइमैत्री वातावरण आवश्यक रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा ७२ घण्टाभित्र आवश्यक पहल नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ

बुँदागत रूपमा ७२ घण्टे अल्टिमेटम सहित नगर प्रमुखलाई ध्यानाकर्षण गराउँदा समेत स्थानिय सरकारले कुनै चासाे नदिएकाले बिराेध स्वरूप धर्ना दिनु परेकाे भण्डारीले बताए ।

  • ६ जेष्ठ २०८३, बुधबार १९:३२ प्रकाशित
  • Nabintech