बेटर बाँकेकाे अध्यक्षमा संजय मण्डल चयन
  • काँचुली खबर

३ जेठ, काेहलपुर । बेटर बाँकेको अध्यक्षमा संजय मण्डल चयन भएका छन । कोहलपुरमा आईतबार सम्पन्न भेलाले मण्डलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा सरोजबाबु पंगेनी  र नगेन्द्र भण्डारी चयन भएका छन् । सचिवमा बसन्तराज गिरी, सह-सचिवमा हिमाल शाही तथा कोषाध्यक्षमा भोज बहादुर शाही चयन भएका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी सदस्यहरूमा सुर्य बहादुर कार्की, आदित्य बस्याल, मेन प्रसाद देवकोटा, विकल भट्टराई र हरि बहादुर थापा रहेका छन् ।

भेलाले देबेन्द्र पौडेलको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरूमा ऋषिराम थापा मगर, निर्मल भुसाल, निश्चल ढकल लगायत रहेका छन् ।

नवगठित समितिले संस्थालाई सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय बनाउँदै अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । संस्थाले यस अघि समेत भ्रष्टाचार बिरोधी गतिबिधी गर्नुकासाथै सामाजिक, धार्मिक एवं जनचासोका विषयमा खबरदारी गर्दै आएको छ ।

  • ३ जेष्ठ २०८३, आईतवार २१:१४ प्रकाशित
  • Nabintech