काेहलपुरमा ४५ दिने ड्राईभिङ तालिम सम्पन्न 
  • काँचुली खबर

१ जेठ, काेहलपुर । स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा संचालन गरीएकाे ४५ दिने ड्राइभिङ तालिम सम्पन्न भएकाे छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र उत्पीडित सामुदायिक विकास विकास केन्द्रको समन्वयमा २०८२ चैत ०४ गतेदेखि २०८३ बैशाख २१ गतेसम्म तालिम संचालन गरिएकाे थियाे । उक्त तालिमकाे बिहिबार एक कार्यक्रमका बिच समापन गरीएकाे हाे ।

लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको पहलमा सम्पन्न भएकाे तालिमका सहभागीहरूलाई प्रमाणपत्र बितरण गरिएकाे छ । कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट २५ जना युवायुवतीको सहभागिता रहेको थियाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा क्षेत्र नं.१ (२) का साँसद दुर्गाप्रसाद चाैधरीले युवाहरूलाई स्वराेजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएकाे बताए । सीपमूलक तालिमले बेरोजगार युवालाई रोजगारीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साँसद चाैधरीले यस्ता तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक अवस्था सुधार गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तालिम लिएर त्यसलाई सहि सदुपयाेग गर्नुपर्नेमा जाेड दिदै प्रमुख अतिथि चा‌ैधरीले सामुहिक वा ब्यक्तिगत रूपमै भए पनि व्यवसाय संचालन गरि आत्ममनिर्भर हुन सहभागीलाई आग्रह गरेका थिए ।

कोहलपुर नगरपालिकाका आर्थिक शाखा प्रमुख वीर बहादुर विकले स्थानीय युवाहरूलाई स्वरोजगारसँग जोड्न तालिम महत्वपूर्ण भएकाे बताए । नगरपालिकाले समेत हरेक आर्थिक वर्षमा समुदायमा लक्षित सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिदै विकले अवसरकाे सदुपयाेग गर्न आग्रह गरे ।

तालिमका प्रशिक्षक तथा बोहोरा ड्राइभिङ सेन्टर कोहलपुरका सञ्चालक देवीलाल बोहोराले तालिममा सहभागीहरू पुर्णरूपमा गाडि चलाउन सक्षम भएकाे दावी गरे । सहभागी मध्य केहि सवारी चालक अनुमती पत्र (लाईसेन्स)काे परिक्षामा समेत उतिर्ण भईसकेकाे उल्लेख गर्दै बाेहाेराले सहभागी सबैलाई आगामी व्यवसाय सफलताकाे शुभकामना दिए ।

पर्यटन डिभिजन कार्यालय कोहलपुरका वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्टको अध्यक्षतामा सञ्चालन गरिएको समापन कार्यक्रमको सहजीकरण उत्पीडित सामुदायिक विकास विकास केन्द्रका अध्यक्ष दिल बहादुर परियारले गरेका थिए।

  • १ जेष्ठ २०८३, शुक्रबार ०७:२८ प्रकाशित
  • Nabintech