२६ बैशाख, काेहलपुर । काेहलपुर गाेल्ड कपको उपाधि आयाेजक काेहलपुर रेसिङ साहारा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा ४-३ गाेल अन्तरले हराउँदै रेसिङ साहाराले ट्रफी उचालेको हो । प्रतियोगितामा पहिलाे पटक सहभागी भएकाे नेपाल पुलिस क्लब उप-बिजेतामै सिमित भयाे ।
निर्धारित समयकाे खेल १-१ को बराबरीमा सकिएको थियो । खेल सुरु भएको पाँचौं मिनेटमै रेसिङ साहाराका चेतन चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै नेपाल पुलिसका धिरेन्द्र शाहले उत्कृष्ट गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेल सडेन डेथमा धकेलिएको थियो । सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दीप केसी र सुजन मगरले गोल गर्दै टोलीलाई जित दिलाए । नेपाल पुलिसका राम वाजी, सञ्जीव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काउन सके । तेस्राे संस्करणमा उप-बिजेतामै चित्त बुझाएकाे रेसिङ साहारा चाैथाे प्रयासमा उपाधि जित्न सफल भएकाे हाे ।
फाइनल खेलको म्यान अफ द म्याच संजिव लामा घोषित भए । उनले ट्रफीसहित नगद रु. ५ हजार प्राप्त गरे ।
विजेता रेसिङ साहाराले ट्रफीसहित रु. ८ लाख नगद पुरस्कार जित्यो भने उपविजेता नेपाल पुलिस क्लबले रु. ४ लाख प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै रेसिङ साहाराका गाेलकिपर मुकुन्द घर्ती मगरले रु. ५१ हजार पुरस्कार पाए ।
त्यसैगरी बेस्ट गोलकिपर शत्रुधन चाैधरी, बेस्ट डिफेन्डर चतन चाैधरी, बेस्ट मिडफिल्डर राम वाजी, बेस्ट फरवार्ड आशिष थारू, बेस्ट कोच जनक के.सी तथा राइजिङ प्लेयर अफ द टुर्नामेन्ट लक्ष्मण राना मगर घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियाेगिताका बिजेता, उप-बिजेता तथा विधागत रूपमा उत्कृष्ट हुने खेलाडिहरूलाई काेहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य लगाएतका अतिथिहरूले चेक, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
बैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । काेहलपुर-२ स्थित फुटबल मैदानमा भएको फाइनल खेल हेर्न उल्लेख्य संख्यामा दर्शक उपस्थित भएका थिए ।
२६ बैशाख २०८३, शनिबार २०:२६ प्रकाशित