काेहलपुर गाेल्डकपकाे उपाधिकालागि साहारा र पुलिस क्लब भिड्दै
  • काँचुली खबर

२६ बैशाख, काेहलपुर । चौथो कोहलपुर गोल्डकपको उपाधिका लागि आज आयोजक कोहलपुर रेसिङ साहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दैछन् । चौथो संस्करणको कोहलपुर गोल्डकपको लागि उपाधि भिडन्त आज दिउँसो ४ बजेदेखि कोहलपुर-२ स्थित कोहलपुर फुटबल रंगशालामा सुरु हुनेछ ।

कोहलपुर रेसिङ साहारा क्लबले समूह चरणको खेलमा पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २-१ गोल पराजित गरेको थियो । कोहलपुर रेसिङ साहारा क्लबलाई जिताउन पेपे र फागुराम थारूले गोल गरेका थिए । पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरा, कोहलपुर रेसिङ साहारा क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पहिलो सहभागितामै फाइनलमा पुगेकाे नेपाल पुलिस क्लब पनि अपराजित टोली हो । यसअघिका दुवै खेलमा नेपाल पुलिस क्लब विजयी भएको थियो । समूह चरणको पहिलो खेलमा साविक विजेता राइजिङ स्टार क्लब सुनवल नवलपरासीलाई २ गोलले पराजित गरेको थियो । त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा पुलिस क्लबले रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ट्राईबेकरमा ५-३ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

उपाधि भिडन्त अघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने लक्ष्यसहित खेल्ने प्रतिक्रिया दिए ।

पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर रेसिङ साहारा क्लबका कप्तान मुकेश घर्तीले आफ्नो टोली उपाधि जित्ने लक्ष्यसहित मैदान प्रवेश गर्ने बताए । उनका अनुसार नेपाल पुलिस क्लब पनि बलियो छ । तर कडा टक्कर दिन आफूहरू तयार रहेको उनको भनाइ थियो ।

नेपाल पुलिस क्लबका कप्तान रामवाजी लिम्बूले आयोजकसँग घरेलु दर्शकको साथ हुने भएपनि आफूहरू अन्तिमसँग डटेर खेल्ने बताए । उनले कोहलपुर गोल्डकपकाे पहिलो सहभागितामै उपाधि जितेर ईतिहास रच्न तयार रहेको बताए ।

कोहलपुर रेसिङ साहारा क्लबका मुख्य प्रशिक्षक जनक केसीले घरेलु मैदानमा उपाधि जितेर इतिहास रच्ने आफूहरूको प्रमुख लक्ष्य रहेको बताए । आफ्नो टिम ट्रफी उचाल्न सक्षम रहेको उनको भनाइ थियो ।

प्रतियोगिताको उपाधि जित्ने टिमले आठ रूपैयाँ, शिल्ड र ट्रफी प्राप्त गर्नेछन् । उपविजेतालाई चार लाख रूपैयाँ, शिल्ड र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • २६ बैशाख २०८३, शनिबार ०९:३१ प्रकाशित
  • Nabintech