२२ बैशाख, काेहलपुर । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप अन्तर्गत लिग चरणका सबै खेल सम्पन्न भएका छन ।
लिग चरणकाे अन्तिम खेलमा नेपाल पुलिस क्लब बिजयी भएकाे छ । तेस्राे संस्करणकाे बिजेता राईजिङ स्टार युवा क्लबलाई २ गाेलले हराउँदै पुलिसले जित हासिल गरेकाे हाे । पुलिसकालागी पहिलाे हाफकाे २७ मिनेटमै ७० नं. जर्सिका खेलाडि आशिष थारूले गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दाेस्राे हाफकाे ९० मिनेटमा अर्काे गाेल थप्दै थारूले टिमकाे जित सुनिश्चित गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका आशिष थारू घोषित भए । उनले नगद पाँच हजार रुपियाँ र ट्रफि प्राप्त गरे ।
यसअघि मंगलबार नै सम्पन्न पहिलाे खेलमा लालिगुराँस एशाेसियशन क्लब बिजयी भएका छ । सातदाेबाटाे युथ क्लबलाई १ गाेल अन्तरले हराउँदै लालिगुराँस बिजयी भएकाे हाे । लालिगुराँका १८ नम्बर जर्सिका खेलाडि राेशन सन्च्यालले दाेस्राे हाफकाे अन्तिम मिनेटमा गरेकाे गाेल नै निर्णायक भएकाे थियाे ।
निकै संघर्षपुर्ण खेलमा दुबै टिमले गाेलकाे उत्कृष्ट अवसर सृजना गरेका थिए । साेमबार हुने खेल वर्षाका कारण प्रभावित भएपछि उक्त खेल मंगलबार संचालन गरिएकाे आयाेजकले जनाएकाे छ ।
खेलको ‘म्यान अफ दी म्याच’ लालिगुराँसका राेशन सन्च्याल घोषित भए । उनले नगद पाँच हजार रुपियाँ र ट्रफि प्राप्त गरे ।
याेसँगै लिग चरणका सबै खेलहरू सकिएका छन ।
भाेलीदेखि सेमिफाइनलका खेल सुरू
कोहलपुर-२ स्थित तेह्र बिघा खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको लिग चरणका खेलहरू सकिएका छन । भाेली देखि सेमिफाइनलका खेलहरू संचालन हुनृ भएका छन । प्रतियोगिता संयाेजक कर्ण बहादुर बस्नेतका अनुसार भाेली बेलुका ४:३० बजे आयाेजक रेसिङ सहारा क्लब र लालीगुराँस एसोसिएसन क्लब बिच पहिलाे सेमिफाइनल खेल हुने भएकाे छ ।
८ टिम सहभागी प्रतियोगितामा पञ्चकोशी युवा क्लब, रोयल फुटबल क्लब, सातदाेबाटाे युथ क्लब र राईजिङ स्टार युवा क्लब लिग चरणबाटै बाहिरीएका छन भने रेसिङ सहारा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), लालीगुराँस एसोसिएसन क्लब र नेपाल पुलिस क्लब सेमिफाचरणमा प्रवेश गरेका छन ।
२६ गतेसम्म संचालन हुने प्रतियोगिताकाे विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।
२२ बैशाख २०८३, मंगलवार १९:४० प्रकाशित