२१ बैशाख, काेहलपुर । अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारहरूसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका-१२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारूलाई पक्राउ गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले थारूलाई विभिन्न मिति र समयमा विविध कसूरमा संलग्न व्यक्तिहरू विरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको बताए ।
उनले पक्राउ परेका थारूविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको बताए ।
यसैबिच प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा कसैले यस्ता प्रलोभन देखाएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
२१ बैशाख २०८३, सोमबार १८:१४ प्रकाशित