सुकुम्बासी वस्ती हटाउने सुचनाप्रति रास्वपा काेहलपुरकाे आपत्ति
  • काँचुली खबर

२१ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिकाले सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटमसहितको सूचना निकालेको विषयमा रास्वपाले विरोध जनाएकाे छ ।

संघीय सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउन स्थानीय सरकारलाई ताकेता गरेपछि काेहलपुर नगरपालिकाले सूचना जारी गरेकाे थियाे । राष्ट्रिय स्वतन्त्र पार्टीको कोहलपुर नगर समितिले सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी हटाउने निर्णयप्रति आपत्ति जनाएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सचिव देविन सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बस्ती खाली गर्ने सूचनाले मानवीय संवेदनशीलता र नागरिकको आवास अधिकारमा प्रश्न उठाएको जनाएको उल्लेख छ । नगर समितिले ३ बुँदे मागसहित नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाएको छ ।

वास्तविक सुकुमबासी पहिचान गरी सुरक्षित आवासको व्यवस्था गरेपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्ने उनले ध्यानाकर्षण गराएका छन् । सुकुमबासीको वैज्ञानिक पहिचान, वैकल्पिक आवासको सुनिश्चितता तथा पर्याप्त समयसहित पुनर्विचार गर्न नगरपालिकासँग रास्वपाको माग छ ।

  • २१ बैशाख २०८३, सोमबार १८:०० प्रकाशित
  • Nabintech