२१ बैशाख, काेहलपुर । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया)ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा नाइजेरियाले कर्णालीलाई हराएको हो । खेलतालिका अनुसार यी दुई टिमबिचको खेल आइतबार साँझ हुने तय भए पनि हावाहुरीसहितको वर्षाका कारण खेल बिचमै रोकिएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आइतबार ३७ मिनेटसम्म खेल भएको थियो । त्यसपछि वर्षाका कारण स्थगित खेल सोमबार बिहान पुनः खेलाईएकाे हाे ।
आइतबारको खेलमा नाइजेरियाका ९ नम्बर जर्सीका खेलाडी हमजत डेमोलाले २२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सोमबार बिहान बाँकी पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन ।
दोस्रो हाफमा नाइजेरियाका १० नम्बर जर्सीका खेलाडी अब्दुल अजिज इसोलाले ४७औँ मिनेटमा, २९ नम्बर जर्सीका वालेही अफिजले ५२औँ मिनेटमा र २७ नम्बर जर्सीका तजुदिन एडेवालेले ९०औँ मिनेटमा गोल गर्दै टिमकाे जित सुनिश्चित गरेका थिए ।
रोयल फुटबल क्लबले २ गोल फर्काए पनि खेलमा फर्कन सकेन । राेयल क्लबका ७ नम्बर जर्सीका खेलाडी सन्दीप देउवाले ४९औँ मिनेटमा र विक्रम वलीले ७७औँ मिनेटमा गोल गरेका थिए ।
खेलको ‘म्यान अफ दी म्याच’ नाइजेरियाका हमजत डेमोला घोषित भए । उनले नगद पाँच हजार रुपियाँ र ट्रफि प्राप्त गरे ।
प्रतियोगिताको तेस्रो दिन आज लालीगुराँस एसोसिएसन क्लब (पोखरा) र सातदोबाटो युवा क्लब (ललितपुर) बिच खेल हुने आयोजकले जनाएको छ । तर खराब मौसमका कारण आजको खेलबारे अन्तिम निर्णय हुन बाँकी रहेको प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।
कोहलपुर-२ स्थित तेह्र बिघा खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लब विजयी भएको थियो । उक्त खेलमा कोहलपुरले पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम)लाई २-१ गोलअन्तरले हराएको थियो ।
प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन् । प्रतियोगिताकाे विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
२१ बैशाख २०८३, सोमबार १३:०० प्रकाशित