वर्षाका कारण कर्णाली र नाइजेरियाकाे खेल स्थगित 
  • काँचुली खबर

२० बैशाख, काेहलपुर । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको “कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताकाे दाेस्राे दिनकाे खेल स्थगित भएकाे छ । जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बिच भएकाे खेल वर्षाका कारण स्थगित भएकाे हाे ।

खेल संचालन भएकाे ३७ मिनेटमा वर्षाका कारण खेल स्थगित गर्नुपरेकाे आयाेजकले जनाएकाे छ । पहिलाे हाफमा १ गाेल गर्दै नाइजेरियाकाे टिमले खेलमा अग्रता लिएकाे थियाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त खेल भाेली (२१ गते)  बिहान ८ बजे पुन: संचालन हुने प्रतियोगिता संयाेजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।

यहि बैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ । साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ ।

प्रतियोगितामा ए डिभिजन लिग मान्यता प्राप्त ८ वटा टिमकाे सहभागी रहेकाे छ । आयाेजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन्।

  • २० बैशाख २०८३, आईतवार १९:०५ प्रकाशित
  • Nabintech