आजदेखि ‘काेहलपुर गाेल्डकप’, प्याराफिटमा बसेर नि:शुल्क हेर्न पाईने
  • काँचुली खबर

१९ बैशाख, कोहलपुर । आजदेखि कोहलपुर गोल्डकपको चौथो संस्करण सुरू हुँदैछ । कोहलपुर नगरपालिका वडा नं. २ स्थित तेह्र बिगाह खेल मैदानमा हुने गाेल्डकपकाे सम्पूर्ण तयारी पूरा भएकाे आयोजकले जानाएकाे छ ।

यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित र आकर्षक बनाउन विशेष व्यवस्था गरिएको छ। पहिलो पटक दर्शकहरूले प्याराफिटमा बसेर खेलको आनन्द लिन पाउनेछन्, जसले खेल हेर्ने अनुभवलाई अझ सहज र रमाइलो बनाउने अपेक्षा गरिएको छ। साथै, यस पटक प्रतियोगिता हेर्नका लागि प्रवेश नि:शुल्क गरिएको प्रतियोगिता संयाेजक कर्णबहादुर बस्नेतले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वि.सं. २०७९ सालदेखि सुरु भएको काेहलपुर गाेल्डकपकाे याे चाैंथाे संस्करण हाे । कोहलपुर रेसिङ साहारा क्लबले हरेक वर्ष आयाेजना गर्दै आएकाे काेहलपुर गाेल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा स्वीकृत प्रतियोगिता हो ।

‘खेलसँग पर्यटन, खेलसँग मनोरञ्जन’ यस संस्करणको मुख्य नारा रहेको छ । वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने गोल्डकप लुम्बिनी प्रदेशमै एकमात्र एन्फा क्यालेण्डरअनुसार सञ्चालन हुने फुटबल प्रतियोगिता हो । चौथो संस्करण विगतका संस्करणभन्दा फरक र पृथक रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

खेलकुदमार्फत पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको गोल्डकप सफल बनाउन सबैको भूमिका अहम् रहेको कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री बताउँछन् ।

उनका अनुसार यसपटकको गोल्डकप विगतका संस्करणभन्दा व्यवस्थित हुनेछ ।

प्रतियोगितामा ए डिभिजन लिग मान्यता प्राप्त ८ वटा टिमकाे सहभागी रहेकाे छ । प्रतियोगिताकाे उद्घाटन खेल ३:३० बजे हुने तय भएको छ । प्रतियोगिताकाे उद्घाटन खेल आयाेजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) बिच हुने छ । त्यसैगरी सेमिफाइनल खेल २३ र २४ गते तथा फाईलन खेल २६ बैशाखमा हुने आयाेजकद्वारा सार्वजनिक खेल तालिकामा उल्लेख गरिएकाे छ ।

  • १९ बैशाख २०८३, शनिबार ०८:२५ प्रकाशित
  • Nabintech