१५ बैशाख, काेहलपुर । कोहलपुरमा सञ्चालन हुन लागेको “कोहलपुर गोल्ड कप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। रेसिङ साहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर-२ स्थित तेह्र बिगाह खेलमैदानमा हुने छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको टाइसिट (खेल तालिका) सार्वजनिक गर्दै आयोजकले सहभागी टिमहरू र तयारीबारे जानकारी दिएको हो। प्रतियोगितामा देशका विभिन्न क्षेत्रका क्लबहरूसँगै विदेशी टोलीहरूको पनि सहभागिता रहने बताइएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लब तथा विदेशी टिमको समेत सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरूमा आयाेजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताकाे उद्घाटन खेल आयाेजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) बिच हुने छ । त्यसैगरी सेमिफाइनल खेल २३ र २४ गते तथा फाईलन खेल २६ बैशाखमा हुने आयाेजकद्वारा सार्वजनिक खेल तालिकामा उल्लेख गरिएकाे छ ।
प्रतियोगिताका संयाेजक कर्ण बस्नेतले खेल मैदान, आवास, सुरक्षा तथा दर्शक व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले आवश्यक सबै पूर्वाधार तथा समन्वयको काम सम्पन्न गरिएको उनले बताए । उनका अनुसार दर्शकहरूलाई प्रतियोगिताका सबै खेल नि:शुल्क हेर्ने व्यवस्था समेत मिलाईएकाे छ ।
प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने अपेक्षा गरिएको आयाेजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले बताए ।
१५ बैशाख २०८३, मंगलवार २१:५३ प्रकाशित