कोहलपुरमा राष्ट्रिय स्तरकाे ब्याडमिन्टन प्रतियोगिता हुने
  • काँचुली खबर

९ बैशाख, कोहलपुर । कोहलपुरमा ‘प्रथम कोहलपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुने भएको छ। कोहलपुर ब्याडमिन्टन क्लबको आयोजनामा यहि वैशाख ११, १२ र १३ गते प्रतियोगिता हुने सञ्चालन हुने छ ।

कोहलपुर नगरपालिका-१४ हवल्दारपुरमा नवनिर्मित कभर्ड हलमा आयाेजना हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको उद्देश्य खेलकुद क्षेत्रको समग्र विकास, युवाको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्नु रहेको बताईएकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आयोजकका अनुसार प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले खेल भावना अभिवृद्धि गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगितामा विभिन्न विधाअनुसार आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। खुल्ला तर्फको मेन्स डबल्समा प्रथम हुने जोडीले रु. ७५ हजार, द्वितीयले रु. ४० हजार तथा तृतीय हुने दुई टोलीले जनही रु. १५/१५ हजार प्राप्त गर्नेछन्।

त्यसैगरी, मेन्स डबल्स ‘बी’ लेभल (खुल्ला तर्फ) मा प्रथम पुरस्कार रु. ५० हजार, द्वितीय रु. ३० हजार र तृतीय हुने टोलीले जनही रु. १५/१५ हजार प्राप्त गर्नेछन्।

भेट्रान्स डबल्स ४५ वर्षमाथि (खुल्ला तर्फ) अन्तर्गत प्रथमलाई रु. ४० हजार, द्वितीयलाई रु. २० हजार तथा तृतीय हुने टोलीलाई जनही रु. १०/१० हजार प्रदान गरिनेछ।

यसैगरी, बाँके जिल्ला स्तरीय मेन्स डबल्सतर्फ प्रथम हुनेलाई रु. ३५ हजार, द्वितीयलाई रु. १५ हजार र तृतीय हुने टोलीलाई जनही रु. ५/५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विजेता खेलाडीलाई नगदसँगै ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिने आयाेजक कोहलपुर ब्याडमिन्टन क्लबका अध्यक्ष चण्डी प्रसाद गैरेले जानकारी दिए ।

आयोजकले प्रतियोगिता सफल बनाउन सबै सरोकारवाला निकाय, खेलप्रेमी तथा स्थानीयवासीलाई सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ।

  • ९ बैशाख २०८३, बुधबार १९:४० प्रकाशित
  • Nabintech