२६ फागुन, सुर्खेत । सुर्खेतकी किशोरी इनिशा विकको हत्या प्रकरणको रहस्य अझै खुलेको छैन । पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने प्रयास गरिएको जनाउँदै सशक्त आन्दोलनको चेतावनी दिएकाले चाँडै अनुसन्धान सकाउनुपर्ने दबाबमा प्रहरी परेको छ ।
गुर्भाकोट नगरपालिका घर भइ वीरेन्द्रनगर नगरापलिका-१ बस्दै आएकी १६ वर्षीया इनिशा फागुन २३ गते दिउँसो जनजागरण सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् । कक्षा ११ मा अध्ययनरत उनी उक्त दिन बिहान घरमा ‘भात पकाएर राख्नु, म खान आउछु’ भन्दै ट्युसन पढ्न हिँडेको बताइन्छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तर दिउँसो उनको शव रक्ताम्य अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग थापाले जानकारी दिए । प्रहरीका अनुसार बलात्कारको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका अनमोल गौली, दिपेश ढकाल, आशिक ढकाल र गौरब ढकाल सबै नाबालक हुन् ।
‘सुरुमा इनिशा अनमोलसँग जंगल पुगेको र शारिरिक सम्बन्ध राखेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’, डिएसपी थापाले भने, ‘उनीहरुले सहमतिमै शारिरिक सम्बन्ध राखे वा अनमोलले जर्बजस्ती गरे त्यो यकिन भइसकेको छैन, तर अरु तीन जनालाई चाहिँ अनमोलले केही समयपछि बोलाएको खुलेको छ ।’
अनमोलले जर्बजस्ती करणी गर्दा इनिशा अचेत अवस्थामा पुगेको र त्यसैको फाइदा उठाएर अनमोलले अरु साथीहरुलाई पनि बोलाएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ । ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, त्यो रिर्पोट आएपछि विस्तृतमा खुल्छ’, थापाले थपे ।
उता, पीडित परिवारले प्रहरीले आरोपित युवकहरुलाई नाबालकको आवरणमा उन्मुक्ति दिने प्रयास गरिरहेको आरोप लगाएको छ । दोषीलाई कारवाही गर्न इनिशाको परिवारले जिल्लास्थित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जालमा इनिशा र उनको परिवारलाई न्याय दिन विभिन्न अभियन्ताहरुले ‘जस्टिस फर इनिशा’ क्याम्पेन सुरू गरेको देखिन्छ ।
२६ फाल्गुन २०८२, मंगलवार १५:५९ प्रकाशित