पूर्वमन्त्रीहरुको संसदिय यात्रामा ब्रेक, साविकको पद पनि गुम्यो
  • काँचुली खबर

२६ फागुन, नेपालगन्ज । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चुनावमा होमिएका थिए । तीमध्ये तीनजना असफल भएक छन भने एक जनाले मात्र निर्वाचनमा सफलता हासिल गरेका छन ।

झन्डै दुई वर्ष समय बाँकी छँदै लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका तीनजना उम्मेदवारको सङ्घीय संसदुमा जाने सपना अधुरै रह्यो । त्यसरी राजीनामा दिनेहरुमा बाँके-१ (क)बाट निर्वाचित तत्कालीन नेकपा माओवादी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी नमुना, दाङ-३ (ख)बाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बर्दिया-२ (ख)बाट नाउपाबाट निर्वाचित धर्मबहादुर चौधरी र रूपन्देही-४ (क) तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी हाल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कन्हैया बनिया रहेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राजीनामा दिएकामध्ये रूपन्देही-४ बाट कन्हैया बनिया मात्रै प्रतिनिधिसभामा निर्वाचित भएका छन । २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही-४ (क)बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका बनियाँले यसपटकको चुनावअघि आबद्ध पार्टी र प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए ।

बनियाँ २८ हजार ६६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार दुई ६२ मत प्राप्त गरेका छन ।

तर प्रदेशसभा सदस्यबाट राजीनामा दिइ प्रतिनिधिसभा सदस्य हुन खोजेका नमुना, मास्की र चौधरीको आकाङ्क्षा भने पूरा भएन । तत्कालीन माओवादीबाट विजयी भएकी नमुना यसपटक बाँके १ बाटै उम्मेदवार बनेकी थिईन । तर उक्त क्षेत्रबाट रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार सात सय ९२ मत प्राप्त गरी निर्वाचित हुँदा केसी एक हजार दुई ४० मत मात्रै पाएर छैटौँ स्थानमा सिमित भईन ।

कांग्रेस-माओवादीसँगको गठबन्धनबाट प्रदेशसभा सदस्य निर्वाचित भएका तत्कालीन माओवादी केन्द्र हाल नेकपामा धनबहादुर मास्की दाङ-३ बाटै उम्मेदवार थिए । उक्त क्षेत्रबाट रास्वपाका कमल सुवेदी ४४ हजार दुई सय ४८ मतसहित निर्वाचित हुँदा चौथो स्थानमा रहेका मास्कीले नौ हजार तीन सय २८ मत मात्रै प्राप्त गरे ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य चुनिएका चौधरीले यसपटक उज्यालो नेपाल पार्टीमा महामन्त्री पदसहित संलग्न भई बर्दिया २ बाटै उम्मेदवारी दिएका थिए । नहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मतसहित निर्वाचित हुँदा पाँचौँ स्थानमा रहेका चौधरीले चार हजार चार सय ७२ मत मात्रै पाए ।

निर्वाचनमा पराजित भएका धनबहादुर मास्की, कृष्णा केसी नमुना र धर्मराज चौधरी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन ।

  • २६ फाल्गुन २०८२, मंगलवार १५:४३ प्रकाशित
  • Nabintech