कोहलपुरबाट पहिलो पटक राईले पाईन आमाको नामबाट नागरिकता
  • काँचुली खबर

१६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका नगरपालिका-११ की २३ वर्षीया रेश्मा राईले आमाको नामबाट वंशजको नागरिकता पाएकी छन् ।

रेश्माले इलाका प्रशासन कार्यालय कोहलपुरबाट आमाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेकी हुन् । इलाका प्रशासन कार्यालय कोहलपुर स्थापना पश्चात् आमाको नामबाट नागरिकता प्राप्त गर्ने उनी पहिलो सेवाग्राही हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

रेश्माले नागरिकता प्राप्त गरेपछि खुसी हुँदै भनिन, “नागरिकता प्राप्तिका लागि मैले धेरै संघर्ष गरेँ । आज मैले नागरिकता प्राप्त गरेको छु । मलाई एकदमै खुसी लागिरहेको छ ।” उनले सुरु-सुरुमा नागरिकता प्राप्तिको लागि धेरै पटक प्रयास गर्दा पनि सफल नहुँदा नागरिकता पाउँदिन कि जस्तो अनुभूति भएको बताइन् ।

त्रिभुवन मावि कोहलपुरबाट प्लसटुसम्मको अध्ययन गरकी रेश्माले नागरिकता नभएकै कारण धेरै अवसरबाट वञ्चित हुनुपरेको बताइन् । “नागरिकता नभएकै कारण मैले प्लसटुपछि थप अध्ययन गर्न पाइनँ । मेरो बुवा लामो समयदेखि बेपत्ता हुनुहुन्छ । हामीलाई आमाले काम गरेर हुर्काउनु भएको हो । प्लस टु सकिएपछि धेरै ठाउँ जागिरको लागि धाउँदा जहाँ पनि नागरिकता खोज्थ्यो । तर आफूसँग नागरिकता थिएन । धेरै अवसरबाट वञ्चित भएँ” रेश्माले भनिन् ।

१६ वर्षको उमेरदेखि भाञ्जी रेश्मालाई नागरिकता दिलाउन सरकारी दैलो चाहार्दै संघर्ष गरेको रेश्माकी माइजु जानकी खड्काले बताइन् । “आज मेरी भाञ्जीले न्याय पाएकी छन् । नागरिकता नहुँदाको पीडा हामीले मात्र अनुभूति गरेका छौँ । मेरै काखमा जन्मे हुर्केकी हुन् । नागरिकता दिलाउन नपाउँदा दुःखी थियौँ । आज सरकार र सबैको प्रयासले नागरिकता पाइयो ।”

रेश्माकी आमा रमा खड्काले छोरीले नागरिकता पाउँदा अत्यन्त खुसी महसुस भएको बताइन् । “छोरी भर्खरै जन्मेकी थिइन् । यसका बाबा बेपत्ता भए । दुःख गरेर हुर्काएँ, बढाएँ, पढाएँ । यसको नागरिकता बनाउन वर्षौँसम्म धाएँ । आज नागरिकता पाउनु मेरो जीवनको सबैभन्दा खुसीको दिन हो” उनले भनिन् ।

इलाका प्रशासन कार्यालय कोहलपुरकी कार्यालय प्रमुख अन्तिम सिञ्जालीले नेपाल नागरिकता ऐन, २०६३ संशोधन भएर विधेयक प्रमाणित भएपछि कोहलपुरबाट पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको जानकारी दिए । कार्यालय प्रमुखका रुपमा वंशजको आधारमा आमाको नामबाट सेवाग्राहीलाई सेवा दिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उनले बताए ।

सिञ्जालीले भने, “उहाँ ५-६ वर्षदेखि नागरिकताको लागि कार्यालयमा धाएको देखिन्छ । पछिल्लो पटक पनि उहाँ तीन महिनाअघि आउनु भएको थियो । हामीले कानुनअनुसार काम अघि बढाइरहेका थियौँ । यहीबेला भर्खरै कानुन नै संशोधन भएर आएपछि हामीलाई पनि सहज भएको हो ।”

  • १६ फाल्गुन २०८२, शनिबार १४:१४ प्रकाशित
  • Nabintech