नरेन्द्र पाण्डेलाई जिताउन बालापुरका युवाहरू एकजुट
  • काँचुली खबर

१० फागुन, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) लाई जिताउन राप्तिसाेनारी ८ बालापुरका युवाहरू एकजुट भएका छन । यस क्षेत्रकाे समग्र विकासकालागी पाण्डे सबैभन्दा याेग्य उम्मेदवार भएकाे भन्दै स्थानिय युवाहरू पाण्डेकाे पक्षमा खुलेका हुन ।

बालापुरका जेन्जी युबाहरुसँग भेटघाटका क्रममा निर्वाचन परिचालन कमिटि समेत गठन गरिएकाे छ । स्थानिय युवा दिपक विष्टकाे संयाेजकत्वमा ४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएकाे हाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भेटघाटमा बाेल्दै उम्मेदवार पाण्डेले नेपाली कम्युनिस्ट पार्टीकाे जित नै युवाहरूकाे जित भएकाे बताए । जेन्जी युवाहरूले उठाएका एजेन्डा बिगतदेखि नै आफु र आफू आवद्ध पार्टिले उठाउँदै आएकाे जिकिर गर्दै जितका लागि सबैको एक्येवद्धता आवश्यक रहेकाे बताएका छन ।

बालापुरलाई पहिलो प्राथमिकतामा राखेर बाटो निर्माणका साथै अन्य विकासका गतिविधि संचालनकालागी पहल गरिदिन युवाहरूले आग्रह गरेका थिए । जेन्जीहरूकाे एजेन्डा र भावनासँग नजिक भएकाले आफुहरूले नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवारलाई समर्थन जनाएकाे बताउँदै युवाहरूले निर्वाचनमा बिजयी गराउन कट्टिवद्द भएर लाग्ने प्रतिवद्दता जनाएका थिए ।

  • १० फाल्गुन २०८२, आईतवार ११:३३ प्रकाशित
  • Nabintech