७ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)का पक्षमा कोहलपुर १ वासीले देउडा खेल मार्फत मत मागेका छन । उम्मेदवार पाण्डे सहितको टोलीले देउडा खेल मार्फत मत मागेको थियो । स्थानीय समेत देउडा खेलमा सहभागी हुदै पाण्डेलाई तारा चिन्हमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन ।
उनीहरूले यस क्षेत्रको विकासका लागी हाल सम्म कुनै लाभको पदमा नरहेका युवा पाण्डेलाई बिजयी गराउने प्रतिबद्धता जनाए । क्षेत्रको कोहलपुर देखी बिकट राप्ती सोनारी र नरैनापुरसम्म विकासकालागी पाण्डे उपयुक्त पात्र भएको भनाई छ । कोहलपुर १ का स्थानहरूको उत्साहपूर्ण सहभागितासँगै बाँके १ मा पाण्डेकाे पक्षमा जनउभार देखिएको कोहलपुर १ का विर सिह दमाईले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले दलित महिला मधेसी सबैको अधिकारको लागी लड्ने नेपाली कम्युनिष्ट पाटीलाई मतदान गर्ने बताए । विगतमा बिभिन्न प्रलोभनमा परि अन्य पार्टीलाई मतदान गर्दै आएकोमा यस पटक प्रलोभनमा नपरी तारा चिन्हमा मतदान गर्ने उनको भनाई छ ।
यस पटक कुनै गल्ती नगरी नेकपा उम्मेदवार पाण्डेलाई नै बिजयी गराउने उनीहरूले प्रतिक्रिया दिए । आधुनिक कोहलपुरको भिजन भएका, राप्ती सोनारी नरैनापुरको विकास र समृद्धिको मोडल तयार पारेका, सबै जात जाती भाषा भाषीले यत्तिकैमा आत्मियता देखाएका पाण्डे बलिया उम्मेदवारका रुपमा अगाडि आएका छन ।
७ फाल्गुन २०८२, बिहीबार १७:०० प्रकाशित